arrow

विद्रोह नगर्ने सेना प्रमुखको वाचा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
thailand1.jpg

थाइल्याण्ड ।  थाइल्याण्डका सेना प्रमुखले सैन्य-समर्थित सरकार कमजोर साबित हुन सक्ने आँकलन सहितको राजनीतिक दलहरूलको चुनावी र्या्लीहरूको अगाडि बढ्दै गर्दा त्यहाँ कुनै राजनीतिक कू को सम्भावना नभएको प्रष्ट पारेका छन् । सेनाले थाइल्याण्डमा दर्जनौं पटक सत्ता कब्जा गरे पनि जनरल नारोङपान जितकाउथले सन् २०१४ मा त्यस्तो नदोहोरिने वाचा गरेका थिए । 

मतदाताहरूले पूर्व सेना प्रमुख र विद्रोही नेता प्रधानमन्त्री प्रयुत चान-ओ-चाको सरकारको पराजय हुन सक्ने भविष्यवाणी गरिरहँदा सेना सत्तामा टाँसिने प्रयास गर्न सक्छ भन्ने डर  भने आम जनतामा रहेको छ ।तर नारोङपानले बिहीबार पत्रकार सम्मेलनमा विगतका विद्रोहहरू "धेरै नकारात्मक" भएको भन्दै सैन्य शासनमा फर्किने अवस्था नरहेको बताएका छन् ।  "त्यहाँ अब (कू) हुनु हुँदैन। मेरो लागि, यो शब्द शब्दकोशबाट मेटाइनुपर्छ," उनले भनेका छन् । 

आइतबारको चुनाव पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी ३६ वर्षीया छोरीले नेतृत्व गरेको फेउ थाईको नेतृत्वमा रहेको विपक्षी र प्रयुतले मूर्त रूप लिएको पुरानो रूढिवादी शाहीवादी-सैन्य  शक्तिबीचको भीडन्तको रूपमा हेरिएको छ । फेउ थाई चुनावमा अगाडि देखिएको  छ र तल्लो सदनमा धेरै सिट जित्दा  पनि सत्ता हात पार्ने कुनै निश्चितता भने छैन। प्रधानमन्त्रीलाई ५०० निर्वाचित सांसद र २५० सिनेटले छनोट गर्नेछन् - जसका सदस्यहरू सेनाको पक्षमा रहेका र प्रयुतको जन्टाले नियुक्त गरेका थिए।

फेउ थाईको मुख्य विपक्षी प्रतिद्वन्द्वी मुभ फर्वार्ड पार्टीले भने पुरानो राजनीतिक प्रणालीप्रति गहिरो असन्तुष्टि व्यक्त गर्ने युवा समूहको को व्यापक समर्थन पाएको छ ।

 यता ६९ वर्षीय प्रयुतले देशको यो जटिल कालखण्डमा राज्य सञ्चालनका निम्ति अनुभव भएका व्यक्तिको रूपमा आफूलाई प्रस्तुत गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ