arrow

सङ्घ–सङ्गठन विधि प्रक्रियामा चल्नुपर्नेमा प्रकाशमानको जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
prakashman-singh-2080-01-30.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले हरेक काम गर्दा विधि र नियममा चल्नुपर्ने बताएका छन् । उनले सबै सङ्घ–सङ्गठन विधि प्रक्रियामा चल्नुपर्ने बताएका हुन् । 

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको सातौँ अधिवेशनको उद्घाटन समारोहमा आफ्नो भनाइ राख्नुहुँदै सिंहले युनियन कांग्रेसले विगतदेखि नै विधिअनुसार आफ्नो कार्यलाई अगाडि बढाउँदै आएको बताए । नेपाल ट्रेड युनियनले श्रम र शक्तिको सम्मान सबैभन्दा बढी ट्रेड युनियन कांग्रेसले नै गर्न सक्नुपर्ने उनको धारण छ ।

उनले भने, “ट्रेड युनियन कांग्रेसले श्रमिकहरूलाई केही गर्न नसकेको भन्ने नकारात्मक सन्देश गइरहेको छ । आगामी दिनमा नकारात्मक हल्ला, प्रचार भए पनि आलोचना र चुनौतीको सामना गर्दै ट्रेड युनियन कांग्रेस अघि बढ्नुपर्छ । श्रम र श्रमिकको सम्मान गर्दै गलत सन्देशहरू रोक्न सक्नुपर्छ ।”

त्यस्तै, विधिगत रूपमा चलेका कारण ट्रेड युनियन चलेको सांसद सिंहले बताउनुभयो । आगामी हुन लागेको सातौँ अधिवेशनमा उम्मेदवारहरूले प्रतिस्पर्धाको भावना नभएर ट्रेड युनियनलाई एकताबद्ध भएर अघि बढ्नुपर्ने ऐक्यबद्धता हुनुपर्ने धारणा राखे । 

कार्यक्रममा नेपाल ट्रेड युनियन बागमती प्रदेशका कार्यवाहक अध्यक्ष घनश्याम चापागाईँले पार्टीले श्रमिक मुद्दालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

कोभिड–१९ पश्चात् श्रमिकहरूले धेरै घाटा बेहोर्नुपरेको र जसको कारण श्रम दिने श्रमिहरूले नै आत्मदाह गर्नुपरेको भन्दै यस्ता समस्या समाधान गर्न पार्टीले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । 

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घका अध्यक्ष मुकुन्दबहादुर सुवेदीले पार्टीले स्थानीय तहदेखि केन्द्रीयस्तरसम्मका श्रमिकलाई सम्मानका साथ सहयोग गर्नुपर्ने बताए । उनले श्रमिकका नाममा हुने गरेका विभिन्न सेवासुविधा पार्टीले उपलब्ध गराउनुपर्ने जोड दिए । 

हाल मजदूरहरूको अवस्था निकै दयनीय रहेको र श्रमिकहरूले न्यूनतम तलब पनि पाउन नसकेको गुनासो गर्दै अध्यक्ष सुवेदीले स्थानीय तहबाट नै श्रम र श्रमिकको सम्मानमा शुरुआत गर्नुपर्ने जनाए । 

नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धनुराज भण्डारीले सङ्घको हैसियत बुझ्न जरुरी रहेको बताए । नेतृत्वमा रहने जो कसैले पनि श्रमिकको भावना बुझ्नुपर्ने र आगामी दिनमा निष्पक्ष भएर काम गर्न आवश्यक रहेको धारणा राखे । 

नेतृत्व सम्हाल्ने जस्तो गरिमामय पदको व्यक्ति चयन गर्दा पार्टीले ध्यान दिनुपर्नेसमेत उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ