- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) को पकड उत्तर र पूर्वमा निकै छ । तर दक्षिणमा त्यस्तो छैन । यसपटक लोकसभा चुनावमा भाजपाको खास ध्यान दक्षिणमा थियो । कर्नाटकको चुनावमा ठूलो मिशन बनाएको भए पनि भाजपाले हार बेहोरेको छ । ठूलो ब्रेकर लागेसँगै विभिन्न प्रश्न खडा भएको छ ।
कर्नाटकमा हार बेहोरेसँगै भाजपाको मिशन साउथमा झड्का लागेको छ । कर्नाटकको चुनावी नतिजा सामुन्ने आउँदा भाजपाले हारको सामना गर्नुपरेको हो ।
यो राज्यमा भारतीय राष्ट्रिय कांग्रेस पूर्ण बहुमतसहित सरकार बनाउनेतर्फ अगाडि बढेको छ । चुनावका बेलामा भाजपा र कांग्रेसबीच टक्कर भए पनि शनिबारको नतिजाले भने भाजपालाई झड्का लागेको हो ।
दुवै पार्टीका लागि लो यो राज्यको चुनाव काफी अहम् रहेको थियो । सन् २०२४ को लोकसभा चुनावअघि यो राज्यमा कसको सरकार बन्छ भन्ने चर्चा थियो ।
दक्षिणका करिब १२९ सिट लोकसभाका छन् । यसका भाजपाका जम्मा २९ सिट छन् । त्यसमध्ये २५ सिट कर्नाटकका हुन् । जहाँ भाजपाले हारेको छ ।
भाजपाको नजर यसपालि कर्नाटक र तेलंगानामात्रै हैन दक्षिणका अन्य राज्यमा पनि रहेको छ ।
अब दक्षिणमा कमल लहराउँछ कि लहराउँदैन भन्ने प्रश्न अहम् बनेको छ । अब भाजपाको नजर तेलंगानामा जानेछ ।
कर्नाटकबाटै धेरै सिक्नेछ भाजपाले । भारतीय राजनीतिका राजनीतिक विश्लेषकहरुले सन् २०२४ को चुनावमा आफ्नो प्रभाव पार्नका लागि भाजपाले नयाँ शिराबाट जानुपर्नेमा जोडसमेत दिएका छन् ।
कर्नाटक परिणाम–
सन् २०१८ मा भाजपाले कुल २२४ सिटमध्ये १०४ सिट जितेको थियो । त्यहीँ कांग्रेसले ८०, जेडी (एस) ले ३७ तथा अन्यबाट ३ सिट आएको थियो ।
अहिले कांग्रेसले १३६ सिट, भाजपाले ६५ सिट, जेडीले १९ सिट र अन्यले ४ सिट जित्ने देखिएको छ । (नवभारत टाइम्सबाट)