arrow

'भ्रष्टाचारको जालोलाई तोड्न नसके सुशासन स्थापन गर्न सकिँदैन'

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
narayankaji-shrestha-maobadi.jpg

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालोलाई तोड्न नसके सुशासनको स्थापन गर्न नसकिने बताएका छन् । शनिबार ललितपुरको एक कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले अहिलेको सरकार सुशासनलाई स्थापित गर्न, समृद्धिको यात्रालाई तीव्र बनाउन र सामाजिक न्याय स्थापित गर्न दृढ रूपमा लागि परेको बताए । 

उनले प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिक परिवर्तनको रक्षा गर्न नसकिने बताए। उनले भने, “राजनीतिक पार्टी र नेता नबदलिएसम्म देश नबदलिने जनतालाई थाह छ । जनताले हामीलाई त्यही सन्देश दिइरहेका छन् । यसलाई आत्मसात् गरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासन पहिलो सर्त भएकाले भ्रष्टाचारको जालो तोड्नु आवश्यक छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ