arrow

कति कमायो टेलिकमले ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
nepal-telecom_1617944918.png

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्षको नौ महिनाको अवधिमा २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँ कमाएको छ । 

यो आम्दानी भने गत आर्थिक वर्षको भन्दा कमी हो । टेलिकमका अनुसार गत आर्थिक वर्षको २०७८ चैत मसान्त सम्ममा कम्पनीको कूल सञ्चालन आय रु २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रहेको थियो । 

तर चालु आर्थिक वर्षको सोही अवधिसम्म ८७ करोड २९ लाख ६४ हजार अर्थात्, ३.०९ प्रतिशतले कमी भई रु २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रहेको हो ।   


कूल आय भने २.०६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा कूल आय रु. ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेकोमा चालु आवको सोही अवधिमा कूल आय रु ६७ करोड १८ लाख ३५ हजार (अर्थात् २.०६ प्रतिशत) ले वृद्धि भई रु ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रहेको हो । 

खुद नाफा भने गत आर्थिक वर्षको तुलनामा ०.४३ प्रतिशतले कमी भएको टेलिकमले जनाएको छ । 

गत आवको नौ महिनाको अवधिसम्मको खुद मुनाफा रु ५ अर्ब ४३ करोड ५३ लाख ४६  हजार रहेकोमा चालु आवको सोही अवधिसम्म सम्म रु २ करोड ३३ लाख ७१ हजार (अर्थात. ०.४३ प्रतिशत) ले कमी भइ रु ५ अर्ब ४१ करोड १९ लाख ७४ हजार रहेको हो । 

गत आवको नौ महिनाको अवधिको तुलनामा चालु आवको सोही अवधि सम्मको खुद मुनाफा  परिवर्तन हुनुको प्रमुख कारणहरु निम्न रहेको पनि टेलिकमले जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ