arrow

निगुरो टिप्न गएका श्रीमान् श्रीमतीको नारायणीमा डुबेर मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
Birds-Chitwan-narayani.jpg

कावासोती । नवलपुरमा नारायणीमा डुबेर दुई जनाको ज्यान गएको छ । 

मध्यविन्दु २ कोल्हुवा बस्ने सोमबहादुर बोटे र उनकी श्रीमती बगरी बोटेको नारायणीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मध्यविन्दु-२ नन्दपुर बाट निगुरो टिप्न नारायणी नदी तर्ने क्रममा नारायणी डुबेर बेपत्ता भएका खोजी गर्ने क्रममा श्रीमान् श्रीमती दुवै जनाको शव फेला परेको नवलपुर प्रहरीले जनाएको छ । 

मृतकको शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ