arrow

बालुवाटार पुगे राष्ट्रिय सभा अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
timalsina-prachanda-meet.JPG

काठमाडौं ।  सोमबार बिहान राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना बालुवाटार पुगेका हुन् । 

दुबैबीच  संसद् प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ ।  

आर्थिक वर्षको बजेट तथा  सरकारको नीति तथा कार्यक्रम पेश गर्ने विषयमा प्रचण्डले जोड दिएका थिए । 

राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा सङ्घीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न  संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको छ ।



नयाँ