arrow

नवलपुरमा बाघको आक्रमणबाट वन हेरालु घाइते

logo
सञ्जय भट्टराई,
प्रकाशित २०८० जेठ १ सोमबार
tiger2019-05-29.jpeg

कावासोती । नवलपुरमा बाघको आक्रमणबाट एक जना वन हेरालु घाइते भएका छन् ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं ४ को तल्लो पिदारीमा रहेको मणिमुकुन्द सेन सामुदायिक वनमा वन रेखदेखका लागी खटिएका वनका हेरालु ४० वर्षीय योगबहादुर पल्ली बाघको आक्रमणमा परेर घाइतेका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिएका छन् ।

पाठकका अनुसार बाघको आक्रमण बाट घाइते पल्लीलाई स्थानीयले उद्धार गरि उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डन्डा पुर्‍याएका थिए । बाघको आक्रमण बाट घाइते पल्लीलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाइएको पाठकले बताए  ।

वनको रेखदेख गर्ने आफ्नो दैनिक काममा वन गएका पल्लिलाई आइतबार साँझ ५ बजेको समयमा बाघले आक्रमण गरेको थियो । बाघको आक्रमण परेका पल्लिको बायाँ खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ