arrow

नेपालबाट बंगलादेशले ४० मेगावाट बिजुली किन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
nepal-bangaladesh-electricity-agreement.jpg

काठमाडौं । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देश बीच भएको सचिवस्तरीय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो । 

नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ ।  

नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ शुरु गरिने छ । 

दुई देशबीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । ४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत वर्ष भदौमै नेपाल र बंगलादेश बीच भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ