arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

गृहमन्त्रीसँग दोषीमाथि कारबाही सुनिश्चित गर्न शान्ति समाजको आग्रह

 निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिने प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
narayankaji-shrestha.jpg

काठमाडौं ।  मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटी नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीमाथि कारबाही सुनिश्चित गर्न आग्रह गरेको छ ।
  
 भुटानी शरणार्थी प्रकरण सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तको सूक्ष्म अध्ययन/अनुसन्धान गरी दोषीलाई कानुनसम्मत कारबाही सुनिश्चित हुनुपर्ने शान्ति समाजले ध्यानाकर्षण गराएको हो ।  

यसैगरी सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शीता र जवाफदेहिता सुनिश्चित हुनुपर्ने र मानव अधिकारमैत्री ऐन बनाई सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन पनि शान्ति समाजले आग्रह गरेको अध्यक्ष रामकृष्ण बरालले  जानकारी दिए । सो अवसरमा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कानूनबमोजिम कारबाही गरिने प्रतिबद्धता जनाए ।

 प्रतिनिधिमण्डलमा सभापति बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौँलागाई, कोषाध्यक्ष किरण ढकाल,  केन्द्रीय सदस्य नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाडौँ शाखा सभापति भगवान पुडासैनी, काठमाडौँ शाखाका पूर्व सभापति ईश्वर पुडासैनी र शाखा कोषाध्यक्ष विकास थापा सम्मिलित भएको समाजले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ