arrow

रूस र युक्रेनबीचको खाद्यान्न सम्झौता दुई महिना लम्बियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
black-sea-ukraine-food-world (1).png

रूस ।  संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त रूस र युक्रेनबीचको खाद्यान्न सम्झौतालाई दुई महिना थप गर्ने सहमति भएको छ ।

 टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई सम्झौता लम्ब्याउन भूमिका खेलेको र आफुले यसको समन्वय गरेको बताए ।

 “हाम्रो देशको प्रयास, हाम्रा रूसी मित्रहरूको समर्थन र युक्रेनी मित्रहरूको योगदानले ‘ब्ल्याक सी’ को अन्न सम्झौतालाई थप दुई महिना लम्ब्याउने निर्णय गरिएको छ,” एर्दोगानले राष्ट्रिय टेलिभिजनमार्फत् दिएको भिडियो जानकारीमा उल्लेख छ । कीएभले संयुक्त राष्ट्रसङ्घ र टर्कीप्रति कृतज्ञ रहेको बताएका छन् । एर्दोआनले रुसले युक्रेनका दुई बन्दरगाह छोड्न जहाजलाई नरोक्न सहमत भएको बताउँदै यो सम्झौता ’सबै पक्षका लागि लाभदायक हुने’ विश्वास व्यक्त गरे । 

गत वर्षको फेब्रुअरीमा रूसले आक्रमण गर्नुअघि युक्रेन विश्वको प्रमुख खाद्यान्न निर्यातकर्तामध्ये एक थियो । रुसी युद्धपोतहरूले युक्रेनको ‘ब्ल्याक सी’ बन्दरगाहहरू अवरुद्ध गरे, जसले गर्दा विश्व बजारमा खाद्यान्नको मूल्य बढेको थियो र विश्वका सबैभन्दा गरिबहरूलाई असमान रूपमा असर पारेको थियो । 

टर्की र संयुक्त राष्ट्रसङ्घले पहिलो पटक जुलाई २०२२ मा युद्धरत पक्षहरूबीच एक सम्झौताको मध्यस्थता गरे, जसले सङ्कटलाई शान्त गर्न युक्रेनी उत्पादनको निर्यातका लागि सुरक्षित मार्गहरू सिर्जना गरेको थियो ।

युद्ध सुरु भएयता रूस र युक्रेनबीच यो मात्र एउटा सम्झौता भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ