arrow

चीनका विशेष दूत युक्रेनमा

'युक्रेनको खर्चमा सम्झौता गरेर युद्ध अन्त्य गर्दा काम हुँदैन'

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
china-ukr.JPG

युक्रेन । रुस युक्रेन युद्ध अन्त्यका लागि चीनका विशेष दूत युक्रेन पुगेका छन् । चीनका विशेष दूत ली हुई रुससँगको द्वन्द्व सुल्झाउने बेइजिङको योजनालाई बढवा दिन युरोपेली भ्रमणका क्रममा अधिकारीहरूसँग दुई दिने वार्ताका लागि मङ्गलबार युक्रेनको राजधानी पुगेका हुन् ।
 
सन् २०२२ को फेब्रुअरीमा मस्कोले आक्रमण गरेपछि युद्धग्रस्त देशको भ्रमण गर्ने उच्च पदस्थ चिनियाँ कूटनीतिज्ञ ली चिनियाँ नेता सी चिनपिङसँग जेलेन्स्कीले टेलिफोनमा कुरा गरेको तीन हप्तापछि कीएभ पुगेका हुन् । 

लीले युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबासँग भेटवार्ता गरी दुई देशबीचको द्विपक्षीय सहयोग र युक्रेनविरुद्धको रुसको युद्धबारे छलफल गरे। कुलेबाले चिनियाँ राजदूतलाई युक्रेनले आफ्नो भूभाग गुमाउने वा द्वन्द्वलाई चिसो पार्ने कुनै पनि शान्ति प्रस्तावलाई स्वीकार नगर्ने बताए।

मङ्गलबार युक्रेनलाई ‘मध्यस्थताका लागि पहल’ को आवश्यकता नरहेको यूक्रेनी अधिकारीले बताएका थिए । युक्रेनका एक वरिष्ठ अधिकारीले भने, “युक्रेनको खर्चमा सम्झौता गरेर युद्ध अन्त्य गर्दा काम हुँदैन ।”

चीनले युक्रेनी सङ्कटको राजनीतिक समाधानका लागि सबै पक्षसँग संवाद गर्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको जनाएको छ । चीनलाई तटस्थ मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएका र मार्चमा मस्कोको भ्रमण गरेका सीले क्रेमलिनले आफ्नो छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्न इन्कार गरेको भन्दै आलोचना हुँदै आएको छ । 

चिनियाँ विशेष दूत ली दुई दिने भ्रमण पुरा गरि स्वदेश फर्किएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ