arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको हातमा 

३२ जनाविरुद्ध संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सरकारी वकिलसमक्ष सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
top-bahadur-rayamajhi-arrested-2080.jpg

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज सरकारी वकिललाई बुझाएको छ ।

अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको सरकारी वकिलको कार्यालय काठमाडका प्रमुख अच्यूतमणी न्यौपानेले बताए ।

सो प्रकरणमा १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीले ३२ जनाविरुद्ध संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सरकारी वकिलसमक्ष सिफारिस गर्दै अध्ययन प्रतिवेदन बुझाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार १६ जना पक्राउ परे पनि १६ जना नै फरार रहेका छन् । 

प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आइतबारमात्रै उनीहरूलाई तीन दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ । संलग्नको आरोप लागेका केही भने फरार छन् । 

यस घटनामा एक सय छ जना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको छ । प्रहरी स्रोतका अनुसार ठगी र सङ्गठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते) तथा केहीलाई देशद्रोहको पनि मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जानसक्ने बताइएको छ । 

उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित बिचौलियाहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । 

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यक्तिहरु फरार छन् ।

IMG_6886.jpg
IMG_6858.jpg
IMG_6856.jpg
IMG_6887.jpg
IMG_6863.jpg
23b5b77c-b016-4cd0-84cb-918ce08b8982.jpg
IMG_6892.jpg
904e5548-fae0-4634-9ef6-ac0fa459785d.jpg
IMG_6891.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ