arrow

युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रमा विद्युत अभाव 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
Zaporizhzhia nuclear plant.jpg

युक्रेन ।  युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेनी भूभागमा रहेका रूसी प्रशासक र युक्रेनी आणविक एजेन्सीले सोमबार बताएका छन् । 

रूसी प्रशासनले टेलिग्राममा लेखेको छ, “‘हाई एक्टेन्सन लाइन’ काटिएका कारण प्लान्टले आफ्नो बाह्य विद्युत आपूर्ति गुमाएको छ । लोडसेडिङको कारणबारे अनुसन्धान भइरहेको छ साथै यसलाई ब्याकअप डिजेल जेनेरेटरले सञ्चालन गरिएको छ । 

युक्रेनको आणविक एजेन्सी एनरगोएटोमले रूसले सोमबार बिहान आक्रमण गरेको आरोप लगाउँदै सन् २०२२ मार्चमा मस्कोको सेनाले नियन्त्रणमा लिएपछि प्लान्टमा लोडसेडिङ् अवस्थामा गएको यो सातौं घटना भएको जनाएको छ ।

एनरगोएटोमका अनुसार जेनेरेटर प्रणाली सञ्चालनका लागि प्लान्टमा १० दिनका लागि पर्याप्त इन्धन मौज्दात छ ।

“यदि यो समयमा प्लान्टमा बाह्य ऊर्जा पुनः स्थापना गर्न असम्भव भएमा विकिरणको परिणाम निम्तिने खतरा हुन सक्छ,” एनरगोएटमले चेतावनी दिएको छ ।

दक्षिणपूर्वी युक्रेनमा अवस्थित युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र जापोरिजझियामा यसपहिले पनि रूसी क्षेप्यास्त्र आक्रमणका कारण विद्युत् कटौती भएको एनरगोएटमले जनाएको छ ।

जापोरिजियाले युक्रेनको लगभग २० प्रतिशत बिजुली आपूर्ति गर्नेगरेको शक्तिशाली विद्युत गृह हो । सेप्टेम्बरमा बिजुली उत्पादन रोक्नुअघि प्लान्टले रूसको आक्रमणको प्रारम्भिक महिनाहरूमा बारम्बार गोलाबारीको बावजुद काम जारी राखेको थियो । 

प्लान्टको छ वटा सोभियत–युगको रिएक्टरमध्ये कुनै पनि बिजुली उत्पादन गरेको छैन । तर विशेष गरी रिएक्टरहरू चिसो गर्र्ने यसको आफ्नै आवश्यकताहरूको लागि यसलाइृ युक्रेनी पावर ग्रिडसँग जोडिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ