arrow

पूर्वराजाको सक्रियताले तर्सिए नेता, भने- कसैले तर्साएर तर्सिँदैनौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
x-king-gyanendra-shah-2080.jpg

काठमाडौं । देशको पछिल्लो राजनीतिक परिस्थितिले पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय रहेका छन् । पूर्व राजा शाहले विभिन्न स्थानमा नागरिक अभिनन्दनसहित देश दौडाहा मा छन् । उनले नेपाल बनाउन नेपाली जनतालाई नै जिम्मा दिन पनि अपिल गरेका गरेका छन् ।

पूर्वराजले नेताहरूप्रति इङ्गित गर्दै भनेका छन् ‘आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर, अरूलाई अलमल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य बन्दैन’ ।

सो विषयलाई लिएर राजनीतिक दलका नेताहरू सशङ्कित रहेका छन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजले नेपाली नागरिकका रूपमा हिँड्दा आफूहरूलाई कुनै चिन्ता नभएको बताए । उनले नेपालको कानून, संविधानको दायराभित्र रहेर कोही काहीँ घुम्दैमा लोकतन्त्र समाप्त नहुने टिप्पणी गरे ।

उनले भने – ‘राजा नेपाली नागरिक भएर हिँड्दा हामीलाई केही चिन्ता छैन । कसैले तर्साएर तर्सिँदैनौँ । कसैले तर्साउँदैमा लोकतन्त्र त्यति कमजोर छैन एउटा नागरिक हिँड्दै आफ्नो कुरा राख्दै जाँदा खेरी सबै तर्सेर भाग्नुपर्ने अवस्था छैन । नेपाली जनताले चाह्यो भने कसैलाई स्थापना गर्न, पुनः स्थापना गर्न, हटाउन सक्छ । सभ्य, शालिन रूपमा प्रस्तुत हुँदा हाम्रो कसैसँग विमति रहँदैन । नेपालको कानून, संविधानको दायराभित्र रहेर कोही काहीँ घुम्दैमा लोकतन्त्र समाप्त हुँदैन । कानुनी राज्य समाप्त हुँदैन । त्यही आधारमा राजा आइहाल्छ भन्ने पक्षमा म छैन ।’

अर्का नेकपा(एमाले)का सांसद रघुजी पन्तले तेस्रो पटक राजा हुने प्रयत्न नगर्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । सांसद पन्तले पूर्व राजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा हुने प्रयत्न नगर्न चेतावनी दिए । उनले एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताए । 

उनले राजाले शान्तिपूर्ण रूपले गद्दी छोडेको र दलहरूले पनि कुनै बदला नलिएको अवस्था रहेको भन्दै शाहलाई देशले पूर्व राष्ट्राध्यक्षको रूपमा सम्मान र सुरक्षा दिएको उल्लेख गरे । उनले राज्यले दिएको सम्मानको पूर्वराजले कदर गर्नुपर्ने बताए ।

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पूर्व राजा शाहको सक्रियताबाट तर्सिनु नपर्ने बताए । दलहरूको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने सुनाए । गणतन्त्रात्मक व्यवस्था फेल नभएको भन्दै उनले राजतन्त्र नफर्किने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ