arrow

किसानलाई राज्यले अनुदान दिनुपर्छ : बाबुराम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
baburam-bhattarai-new-2079.jpg

काठमाडौं ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनुपर्ने बताएका छन् ।  बुधवार माइतीघर मण्डलामा उखु किसानहरूले गरेको आन्दोलनलाई ऐक्यबद्धता जनाउन पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् । 

उनले उखु लगायतका किसानहरूले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न नसकेको बताए । उनले कृषि अर्थतन्त्र धराशायी बनेको बताए । उनले आफ्नै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे । 

पूर्वप्रधानमन्त्री डा. भट्टराईले किसानलाई रासायनिक मल उपलब्ध गराउने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए । उनले लोकतन्त्रमा सडक गतिशील हुनुपर्ने बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ