arrow

एनओसीको आतिथ्यमा मन्त्री लिम्बू र भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
noc-digbahadur-limbu-sharat-singh-bhandari.jpg

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार एक समारोहबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारलाई स्वागत गर्दै सम्मान गरेको छ । 

कमिटीको सातदोबाटोस्थित कार्यालयमा आयोजित कार्यक्रममा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुत्त मन्त्रीहरूलाई सम्मान पत्र हस्तान्तरण गरे ।
त्यस अवसरमा मन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउँदा कुनै समस्या नहुने बताए । 

उनले खेलकुद क्षेत्रमा लागेकाबाट त्याग र तपस्याको आवश्यकता रहेकोमा पनि जोड दिए । उनले चीनको हाङझाउमा हुने अबको एसियाली खेलकुदमा नेपालबाट २९ खेलमा सहभागी हुने गृहकार्य भइरहेको पनि बताए ।

यस्तै मन्त्री भण्डारीले ओलम्पिक कमिटी स्वायत्त र फरक संस्था रहेको बताए । मन्त्री भण्डारी ओलम्पिक कमिटीका सल्लाहकार पनि हुन् । कमिटीका अध्यक्ष श्रेष्ठले अझै पनि खेलकुद ऐन अनुसार यसलाई अगाडि बढाउने चुनौती रहेको बताए । 

कार्यक्रममा कमिटीका पूर्व अध्यक्ष तथा मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान तथा महासचिव निलेन्द्रराज श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए ।  त्यस अवसरमा महासचिव श्रेष्ठले नयाँ खेलकुद ऐन अनुसार नेपालमा एउटै मात्र ओलम्पिक कमिटी हुने बताए । 

उनले ओलम्पिक कमिटी  र राष्ट्रिय खेलकुद परिषदबीच कुनै विवाद नरहेको पनि बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ