arrow

रास्वपाका पदाधिकारीलाई भेट्यो चिनियाँ दूतावासको टोलीले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
rsp-chinese-embassy.jpg

काठमाडौं । नेपालका लागि चिनियाँ दूतावासको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीसँग भेटवार्ता गरेको छ । 

बिहीबार बसुन्धरास्थित रास्वपाको कार्यालयमा पुगेको चिनियाँ दूतावासका डीसीएम वाङ शिन नेतृत्वको टोलीले रास्वपाका पदाधिकारीसँग भेटवार्ता गरेको हो । 

सो भेटमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता थियो । 

सो भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ