arrow

पूर्वराजाको नागरिक अभिनन्दन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
x-king-gyanendra-shah-2080.jpg
तस्बिर – फाइल ।

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहको आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ । सुर्खेतमा हुने नागरिक अभिनन्दन ग्रहणका लागि उनी अपरान्ह कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने छन् । 

राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उनका अनुसार पूर्वराजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।

अभिनन्दन कार्यक्रम पश्चात् राजपरिवारले देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ