arrow

कांग्रेस फाली निस्केको हलो जस्तो भएको शिवाकोटीको टिप्पणी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
ajayababu-sherbahadur-deuba.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी  कता कता कुहिरोको काग जस्तो भैरहेको बताएका छन् । 

प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी अहिले फाली निस्केको हलो जस्तो भएको भन्दै गुनासो गरे।

‘उत्साह बोकेर आएको साथीहरू देशभर छन् । यो उत्साह घट्दै गएको छ । यसलाइ जोगाउन नेतृत्वले ध्यान दिनुपर्ने छ । तपाईंहरुलाइ हेरेर हामी राजनीतिमा आएका हौं’, उनले भने ।

केन्द्रीय सदस्य शिवाकोटीले पार्टी केन्द्रीय समिति बैठक नराखेर सभापति शेरबहादुर देउवाले आधिकारिक धारणा राख्न छेकेको गुनासो गरे । उनले केन्द्रीय सदस्यहरूले पनि बोल्ने ठाउँ चाहिएको भन्दै बैठकको माग गरे ।

‘९ महिनादेखि केन्द्रीय समिति बैठक बस्न सकेको छैन । पदाधिकारी र पूर्व पदाधिकारीको नाममा पार्टीको निर्णय हुँदै आएको छ’, उनले भने, ‘हामीले पनि बोल्ने ठाउँ चाहिएको छ ।’

पार्टीमा विधानको पालना हुन नसकेको भन्दै निर्मम समीक्षाको माग उनले गरे । पार्टी यसरी चले आउँदो चुनाव फलामको चिउरा चपाउनु सरह हुने उनले जिकिर गरे ।

‘विधानको पालना हुन सकेको छैन । यसमा नेतृत्वले निर्मम समीक्षा गर्नुपर्ने अवस्था आएको छ’, उनले भने, ‘केन्द्रीय सदस्य साथीहरूको विचार संश्लेशण गरेर नयाँ रुपमा अघि नबढे ८४ सालको चुनाव फलामको चिउरा चपाउनु सरह हुनेछ ।’

शिवाकोटीले नेतृत्वको आलोचना गरिरहँदा सभापति शेरबहादुर देउवा भने उनलाई सुनिरहेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ