- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतको बैंगलुरुका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोकिएको आशङ्कामा काठमाडौँ फर्किएको छ ।
काठमाडौँबाट बैंगलुरु उडेको निगमको उडान नं २२५ को न्यारो बडी ‘ए’३२० जहाज उडेको २५ मिनेटमै पुनः काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाजमा चरा ठोकिएको आशङ्का गरिएको छ । “जहाज विमानस्थलबाट उड्ने क्रममा चरा ठोक्किएको भन्ने आशङ्कामा काठमाडौँ ‘डाइभर्ट’ भएको छ, ‘सस्पेक्टेट बर्ड हिट’ भनिएको छ, अहिले प्राविधिक टोलीले जहाजको परीक्षण गरिरहेका छन्”, प्रवक्ता सिटौलाले भने ।
जहाज दिउँसो १ बजेर ४५ मिनेटमा बैंगलुरुका लागि उडेको थियो । विमानस्थलबाट ४० माइल पुगेर ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स ९आइएफआर० ‘एप्रोच’ लिएर जहाज दिउँसो २ बजेर १० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो ।