arrow

गृहमन्त्री श्रेष्ठसमक्ष ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
narayankaji-shrestha-maobadi.jpg

काठमाडौं । नेपाल चलचित्र कलाकार सङ्घको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष भेट गरी भ्रष्टाचार, दण्डहीनता, अनियमितता न्यूनिकरणका सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।

सङ्घका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले भ्रष्टाचार न्यूनीकरणका लागि मन्त्रालयले थप कडाइ गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

सङ्घको परिचयपत्रवाहक कलाकारलाई सिंहदरबारलगायतका प्रशासनिक केन्द्र प्रवेशमा सहजता माग गरिएको ध्यानाकर्षणपत्रमा धापासीस्थित नेपाल चलचित्र कलाकार सङ्घको नाममा रहेको जग्गा उपभोगको लागि अनुरोध गरिएको छ । 

विशिष्ट चलचित्रकर्मीलगायत प्रबुद्ध नागरिक र जनसाधारणले जम्मा गरेको अर्बौँ रकम सिभिल सहकारीले अपचलन गरेकामा सो रकम सम्बन्धित पीडितलाई फिर्ता गराउन अनुरोध गरिएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको सुशासन र विकासका लागि बाधक तत्वका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको बताउँदै कलाकारलाई सुविधा तथा सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको प्रतिनिधिमण्डलमा सहभागी सङ्घका अध्यक्ष निरौलाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ