arrow

सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस् : प्रदीप पौडेल (भिडियो)

प्रतिष्ठानको आवरणमा व्यापारिक केन्द्र बनाउन दिन नसकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
pradeep-poudel-byte.JPG

काठमाडौं ।  सार्वजनिक जग्गाको दुरुपयोग नगर्न सरकारलाई नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चेतावनी दिएका छन्।  वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्टाइएका जग्गामा वृक्षारोपण गर्दै उनले सार्वजनिक जग्गालाई नजिकका मानिसलाई दिन नहुने बताएका हुन् । 

नेता पौडेलले सरकारले सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्ने बताए ।  उनले भने, ‘नेपालभर सार्वजनिक जग्गा कहाँ कहाँ छ, पहिला सरकारले पहिल्याउनुपर्छ । कहाँ छ र कसरी संरक्षण गर्ने भन्नेबारेमा सरकारले स्पष्ट नीति ल्याउनुपर्छ । स्थानीय सरकारसँगको समन्वयमा छ । मैले यसको पैरवी गर्ने र लागिपर्ने प्रतिबद्धता व्यक्त गर्छु ।' 

नेता पौडेल ले काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा खोजेर ती जग्गाहरूको संरक्षणका लागि आफूले वृक्षारोपण गर्ने बताए । उनले  काठमाडौंको महँगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताए । सांसद पौडेलले नर्मल लामा प्रतिष्ठानको आवरणमा व्यापारिक केन्द्र बनाउन दिन नसकिने बताए । उनले केही मानिसको स्वार्थ पूरा गर्न लामाको सम्मानित नाम बदनाम नगर्न चेतावनी दिए । 

उनले भने 'यो जग्गाको सन्दर्भ जहाँसम्म छ, निर्मल लामा सम्मानित व्यक्ति हुनुहुन्छ । उहाँलाई सम्मान गर्न उहाँको नाममा प्रतिष्ठान बनाएर व्यापारिक केन्द्र बनाउन दिन सकिँदैन । केही मानिसको स्वार्थ पूरा गर्न उहाँको सम्मानित नाम बदनाम गर्न पाइँदैन ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ