arrow

मन्त्रिपरिषद्ले गर्‍यो प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
prachanda-cabinet-budget-2080.jpg

काठमाडौँ। मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको १७ जेठदेखि ६ दिन हुने भारत भ्रमणलाई स्वीकृति दिएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा पाँच मन्त्री सहभागी हुने पनि उनले बताइन्। प्रवक्ता शर्माका अनुसार टोलीमा परराष्ट्र मन्त्री नारायण प्रकाश साउद, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसहित पाँच जना मन्त्री सहभागी हुनेछन्।



नयाँ