arrow

गगनको सुझावपछि बजेटको प्रणालीगत सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
gagan-thapa-parliament-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता अनि सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले दिएको सुझावलाई  सरकारले स्वीकार्दै आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई फागुन मसान्तभित्र संघीय संसदमा पेश गर्ने भएको छ । 

आफ्नो सुझाव दिने क्रममा थापाले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता अनि कार्यकम सबै ‘लक’ गरेर संसदलाई देखावटी छलफल गर्ने स्थानमात्र बनाएको भन्दै अर्को वर्षदेखि नीति तथा कार्यक्रम र विनियोजन विधेयकको प्राथमिकतामाथि छलफलमा सहभागी नहुन सांसदहरुलाई आह्वान नै गरेपछि सरकार बजेटको प्रणालीगत सुधार गर्न सहमत भएको हो । 

बजेट भाषणमा आज अर्थमन्त्री डा प्रकाशशरण महतले अबउप्रान्त मन्त्रालयगत बजेट सीमा निर्धारण भएपछि फागुन महिनाभित्र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेश भइ पर्याप्त छलफल पश्चात यर्थाथपरक बजेट तर्जुमा हुने विश्वास व्यक्त गरेका छन् । 

दर्जनौँ विज्ञ समेतको छलफलपछि थापाले ‘प्रोजेक्ट गभर्मेन्ट’ मा यस्ता प्रणालीगत सुधार, नीतिगत सुधार र कानूनी सुधारका कैयन उपाय सुझाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ