arrow

नेवीसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
prachanda-nsu.jpg

काठमाडौं । नेपाली कांग्रेस निटकको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेवीसङ्घ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेवीसङ्घले प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै सरकारको भ्रष्टाचार विरोधी अभियानमा साथ रहेको बताएको छ । साथै नेवीसङ्घले प्रधानमन्त्रीसँग विभिन्न माग राखेको छ ।

सङ्गठनको तर्फबाट आफ्ना माग प्रस्तुत गर्दै नेवीसङ्घ अध्यक्ष दुजाङ शेर्पाले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति, नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारका निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने भन्दै विभिन्न माग राखे ।  

सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रीवी सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताए । साथै शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविष्कार तथा अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोसिस भइराखेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ