arrow

आशा जगाउने बजेट नभएको लिङदेनको भनाइ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
rajendra-prasad-lingden-jhapa-3-rpp-mp-2079-2022.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको नआएको बताएका छन् । 

सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

उनले मुलुकको वर्तमान आर्थिक संकट र चुनौतीको समाधान गर्नुपर्ने अवस्था भए पनि त्यस अनुरुप बजेट आउन नसकेको बताए । 

उनले विगतका सरकारले ल्याउने बजेट सुन्दा राम्रो भए पनि कार्यान्यनमा समस्या हुने गरेको भन्दै अहिलेको बजेट पनि कार्यान्वयनमा चुनौती रहेको बताए । 

उनले बजेट अनुदान र ऋणमा आधारित भएर आएकाले आशा गर्ने ठाउँ नभएको बताए । 

उनले बजेटमा खर्च कटौती लगायतका सकारात्मक पक्षहरु समेटे पनि यति मात्रै वर्तमान आर्थिक समस्याको बजेटले समाधान गर्न नसक्ने बताए । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ