arrow

प्रचण्डसँग को-को जाँदैछन् मन्त्री (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
prachanda-pm-final-always.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठ १७ गतेदेखि  भारत भ्रमणमा जाँदैछन् । भोलिदेखि प्रधानमन्त्री ४ दिने भारत भ्रमणमा हुनेछन् । 

प्रधानमन्त्री प्रचण्डको नेतृत्वको प्रतिनिधिमण्डलमा  पाँच जना मन्त्रीसहित नेपाल सरकारका  सचिवहरू, वरिष्ठ सरकारी अधिकारी भ्रमणमा जादैछन् ।  हिजो सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् । 

 प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद , अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जा , सिँचाइ तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल रहने छन् ।  

भ्रमणका क्रममा आपसी हितका विविध पक्षमा छलफल तथा सम्झौताका साथै समझदारी पत्रमा हस्ताक्षर हुने भएकाले सोहीअनुसारको प्रतिनिधिमण्डल तय गरिएको प्रधानमन्त्रीले बताएका छन् ।  प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा मुलुकको राष्ट्रिय हितलाई केन्द्रमा राखेर द्विपक्षीय भेटवार्ता गर्ने र महत्त्वपूर्ण सहमति तथा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यसूची रहेको छ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणका क्रममा नेपाल भारत सम्बन्धका विविध पक्षमा महत्त्वपूर्ण छलफल हुने बताइएको छ । द्विपक्षीय व्यापार पारवहन, ऊर्जा व्यापार, अन्तरदेशीय प्रसारण लाइन, बाढी नियन्त्रण, हवाई मार्ग र एकीकृत जाँच चौकी, आन्तरिक कन्टेनर डिपोलगायतका विषयमा समझदारी गरिने प्रधानमन्त्री बताएका छन् । भारतको मध्य प्रदेशको इन्दोर र उज्जैनको भ्रमण गर्ने कार्यक्रमसमेत तय भएको छ । 

यिनै मन्त्रालयसँग सम्बन्धी एजेण्डा माथि सम्झौता हुने प्रधानमन्त्रीले बताएका छन् । तत विषयका मन्त्रीहरूलाई लिएर उनी जादैछन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ