भारतीय संसदको भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु, बाबुरामको आपत्ति
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
642
Shares
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले आफ्नो नयाँ संसद भवनमा राखिएको भिते चित्रमा अंकित भौगोलिक पहिचानप्रति चासो ब्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमिझैँ दर्शाउने गरी अंकित गरेपछि भट्टराईले चासो ब्यक्त गरेका हुन् ।
उनले नेपाली भुमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमिझैँ उल्लेख गर्ने विषयले दुई देशबीचमा आपसी कुटनीतिक सम्बन्धमा दरार आउने सक्ने जनाएका छन् ।
‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भनेका छन्, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ।’