arrow

भारत र श्रीलंकाबीच एक अर्ब अमेरिकी डलर ऋण सुविधा खरिद गर्ने सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
srilanka-emergency-2022.jpg

भारत ।  श्रीलंकाका जनताप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै भारतले मङ्गलबार कोलम्बोसँग औषधि, खाद्यान्न र अन्य वस्तु खरिदका लागि अमेरिकी डलर एक अर्ब ऋण सुविधा प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । 

भारतका लागि श्रीलंकाका उच्चायुक्त मिलिन्डा मोरागोडाले आज उच्चायोग परिसरमा नयाँ दिल्लीस्थित ट्रेड कमिश्नरहरू÷वाणिज्य कूटनीतिज्ञहरूसँग श्रीलंकालाई सो सुविधामा सहजीकरण गर्ने बारे अन्तरक्रिया भएको थियो । 

बैठकमा उच्चायुक्त मोरागोडाले सहभागीहरूलाई अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्थाका साथै भारतीय रूपैयाँ व्यापार र भारतसँग योजनाबद्ध आर्थिक एकीकरणको बारेमा जानकारी गराएका छन् ।

छलफलले भारतको संलग्नतामा त्रिपक्षीय सहयोगलगायत श्रीलंकामा आर्थिक पुनरुत्थानलाई प्रवद्र्धन गर्न विशेष ध्यान केन्द्रित गर्दै व्यापार र वाणिज्यसँग सम्बन्धित विषयहरूको विस्तृत दायरालाई समेटेको थियो ।

यसवर्षको मार्चमा कोष कार्यकारी बोर्डले श्रीलंकाको आर्थिक नीति र सुधारहरूलाई समर्थन गर्न तीन अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधाअन्तर्गत ४८ महिनाको विस्तारित व्यवस्थालाई अनुमोदन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ