arrow

प्रचण्डको भारत भ्रमण अघि चिनियाँ नेता पेरिसडाँडामा (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
china-in perisdada.JPG

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुअघि नेकपा माओवादी केन्द्रका नेतासँग चिनियाँ नेताहरूले भेट गरेका छन् । 

बुधवार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा  माओवादी केन्द्रका नेतासँग भेट गरेका हुन् । 

वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले माओवादी केन्द्र नेताहरूसँग भेट गरेको हो । 

प्रधानमन्त्री प्रचण्ड आजबाट चार दिने भारत भ्रमण हुनुभन्दा पहिला चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई महत्त्वपूर्ण रूपमा लिइएको छ । भेटमा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगायतका पार्टीका नेताहरूको उपस्थिति रहेको थियो । 

भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए । उनले छलफलमा दुई सरकारबीचमा सम्बन्ध बिस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्नेकुरामा छलफल भएको बताए । 

उनले भने, ‘उन छिचुवान प्रान्तको सेक्रेटरी आउनुभएको थियो । उनको नेतृत्वमा आएको टिमसँग हामीले छलफल गर्‍यौँ । दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भयो । दुई सरकारबीचमा समान सम्बन्ध बिस्तार होस्, दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध होस्, भन्नेबारेमा केन्द्रित भएर कुरा गर्‍यौँ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ