arrow

नागरिकता विधेयक प्रमाणीकरणको रास्वपाबाट विरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
rabi-lamichhane-chitwan-2-rsp-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विरोध गरेको छ । रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले विधेयक प्रमाणीकरण भएकोप्रति गम्भीर आपत्ति जनाएका हुन् । 

उनले नयाँ संसद बनेकै छ महिना भइसक्दासमेत संसदमा छलफल नगराइ पुरानै सरकारले पेश गरेको विधेयक नयाँ राष्ट्रपतिले पारित गर्नु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमा विपरीत भएको जनाएका छन् । 

त्यस्तै उनले यो लोकतान्त्रिक संसदीय मूल्य मान्यता विपरीत रहेकोसमेत उल्लेख गरेका छन् । 

यस्तो छ उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्ति–
‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत , लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ