arrow

युक्रेनको खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध लम्ब्याउन ईयू अधिकारीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
ukraine-grain-cargo.jpg

 युक्रेन ।  युरोपेली सङ्घ (इयू) का कृषि आयुक्तले युक्रेनबाट खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध कम्तीमा अक्टोबरको अन्त्यसम्म लम्ब्याउन आवश्यक रहेको बताएका छन् ।

युक्रेनी खाद्यान्नको अधिकताका कारण स्थानीय मूल्यमा ह्रास आएको र स्थानीय किसानमा असर परिरहेको भन्दै पूर्वी युरोपेली सङ्घका देशहरूले गुनासो गरेपछि युरोपेली सङ्घका सदस्य राष्ट्रहरूबीच विवाद उत्पन्न भएको हो ।

ईयूले बुल्गेरिया, हङ्गेरी, पोल्याण्ड, रोमानिया र स्लोभाकियासँग युक्रेनबाट खाद्यान्न आयातमा रोक लगाउने सम्झौता गरेको थियो ।

युरोपेली कृषि आयुक्त जानुस्ज वोज्सीचोव्स्कीले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा भनेे, “हामीले न्यूनतम अक्टोबरको अन्त्यसम्म वा वर्षको अन्त्यसम्म प्रतिबन्ध लम्ब्याउन आवश्यक छ ।”

“युक्रेनमा भन्दा अन्य अग्रपङ्तीका देशहरूको भण्डारणमा अधिक खाद्यान्न छ र यही कारण यी देशहरूमा स्थिति सुधारको लागि यो अस्थायी आयात प्रतिबन्धलाई लम्ब्याउनुपर्छ,” उनले भने । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो युद्धग्रस्त देशमाथिको निर्यात प्रतिबन्धलाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै आलोचना गरिसकेका छन् । 

फ्रान्स र जर्मनीसहित १२ ईयू देशहरूले पनि प्रतिबन्धहरूको विरोध गरेका छन्, जसले ‘पारदर्शिताको कमी’बारे चिन्ता व्यक्त गरेका छन् र यसले युरोपको एकल बजारलाई कमजोर पार्ने खतरा रहेको चेतावनी दिएका छन् ।

वोज्सीचोव्स्कीले युरोपेली आयोगले अहिलेसम्म आफ्नो अडान नअपनाएको बताएका छन् ।

यद्यपि, बाँकी सदस्य राष्ट्रहरूलाई यो केवल न्यायोचित छ भनेर विश्वस्त पार्न सफल भएको उनको भनाइ छ ।

गत वर्ष शुरू भएको रूसको आक्रमणले काला सागर हुँदै युक्रेनी अन्नको परम्परागत निर्यात मार्गलाई नराम्ररी सीमित गरेको थियो, जसका कारण युक्रेनका छिमेकीहरूमार्फत जमिनको बाटो निर्यात गर्न आवश्यक थियो ।

सदस्य राष्ट्रहरू मात्रात्मक प्रतिबन्ध बिना, र भन्सार र आधिकारिक निरीक्षण बिना युक्रेनबाट निश्चित उत्पादनहरूको आयातलाई अनुमति दिन सहमत भएका छन् ।

तर युरोपेली सङ्घका केही मुलुकका किसानले मूल्यमा आएको गिरावटपछि युक्रेनको खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ