arrow

एर्दोगानको आधिकारिक जीत

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
Recep-Tayyip-Erdoğan-turkiye.jpg

टर्किए । टर्किएको सर्वोच्च निर्वाचन परिषद्ले बिहीबार आधिकारिक रूपमा रिसेप तैयप एर्दोगानलाई ५२.१८ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिको निर्वाचनको दोस्रो चरणबाट विजेता घोषित गरेको छ ।

मे २८ मा भएको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा टर्किएमा कूल ५२,०९३,३७५ मतदाताले मतदान गरेका थिए । मतदानको दर ८५.७२ प्रतिशत रहेको निर्वाचन निकायका अध्यक्ष अहमत येनरले पत्रकारहरूलाई बताएका छन् ।

एर्दोगान दोस्रो चरणको चुनावमा राष्ट्रपतिको रूपमा पुनः निर्वाचित भएका छन् । उहाँले टर्किएको विपक्षी ब्लकका राष्ट्रपति पदका उम्मेदवार, केन्द्र-वामपन्थी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । उता प्रत्यासी किलिचदारोग्लुले ४७.८२ प्रतिशत मत प्राप्त गरेका थिए ।

मे १४ मा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः राष्ट्रपतिको निर्वाचन भएको थियो ।

एर्दोगानले शनिबार संसद्मा शपथ लिने र त्यसपछि आफ्नो नयाँ मन्त्रिपरिषद् घोषणा गर्नेछन्। सांसदहरूले शुक्रबार संसद्मा शपथ लिँदै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ