arrow

समाजमा दुई धार संघर्ष चलिरहेको छ– अजयबाबु शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
ajayababu-sherbahadur-deuba.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली समाजमा अहिले दुई धार संघर्ष चलिरहेको बताएका छन् । नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको पहिलो अधिवेशनमा बोल्दै उनले दुई धारको संघर्ष समुन्नत लोकतन्त्र पक्षधर र लोकतन्त्रलाई बदनाम गर्नेहरुबीच जबर्जस्त रहेको उल्लेख गरे । 

उनले आफ्नै पार्टी नेतृत्व विधिसम्मत तरिकाले नचलेको भन्दै यसले लोकतन्त्रलाईसमेत कमजोर पारेको बताएका छन् । उनले भने, ‘स्थापना दिवसमा सभापति शेरबहादुर देउवाकै अगाडि पार्टी विधि र विधानसम्मत नचलेको, आन्तरिक लोकतन्त्र कमजोर रहेको लगायतका विषय उठान गरेको थिएँ । पार्टीमा पार्टीमा सुधार चाहनेहरु र यथास्थितिमै राख्न चाहनेहरूबीच संघर्ष छ।’

उनले सत्तामा पुगेर जनतालाई केन्द्रमा राखेर काम गर्नेहरू र सत्तालाई दोहन गरी पार्टीलाई बद्नाम गर्नेहरुबीच पनि संघर्ष चलिरहेको बताए । 

उनले भ्रष्टाचारमा शून्य सहनशीलता राख्नुपर्छ भन्नेहरु र परम्पराका नाममा भ्रष्टाचारलाई संरक्षण गर्नुपर्छ भन्नेहरुबीच पनि संघर्ष चलिरहेको बताए । 

संसदलाई सार्वभौम जनताको प्रतिनिधिलाई बिना संकोच आफ्नो कुरा राख्ने ठाउँ बनाउने कि केही नेताको छायाँ सेन्टर बनाउने ? भन्ने संघर्ष रहेकोसमेत नेता शिवाकोटीले बताए । 

त्यस्तै उनले पत्रकारका बारेमा भने, ‘पत्रकार स्वभाविक रुपले लोकतन्त्र, विधिको शासन, पारदर्शिता, जवाफदेहिता, भष्टाचार विरोधी अभियान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा थिए, छन् र रहन्छन् ।’ 

केन्द्रीय सदस्य शिवाकोटीले अब कांग्रेसका नेता कार्यकर्ताको परीक्षा हुने भन्दै ‘दुई लाइनको संघर्षमा तपाई कता ? कित्ता प्रष्ट पार्नु पार्नु छ’ भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ