arrow

उडिसा रेल दुर्घटनामा अढाइ सयको मृत्यु, नौ सय बढी घाइते, राज्य शोकको घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २० शनिबार
trains-crash-odisha-2023-06-03.jpg

काठमाडौं । भारतको ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २३८ जनाको मृत्यु भइसकेको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार नौ सय बढी घाइते भएका छन् । 

तीन रेल एक आपसमा जुधेर उक्त ठूलो जनधनको क्षति भएको हो । बेपटरी कोरोमन्डल एक्सप्रेसले दोस्रो रेललाई ठक्कर दिएको थियो भने फेरि मालगाडीसँग ठोक्किएको थियो । 

सरकारले ओडिशा रेल दुर्घटनाको छानबिन गर्न आदेश दिएको छ। दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त (सीआरएस) एएम चौधरीले यो ठूलो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उक्त दुर्घटना स्थलको अवलोकन गर्न जाने भएका छन् । 

जानकारी अनुसार राहत तथा उद्धार कार्य जारी रहेको छ । पटरीबाट खसेको डिब्बामा कैयौं यात्रु फसेका थिए भने स्थानीयले आकस्मिक सेवाका कर्मचारीलाई उद्धार गर्न सहयोग गरिरहेका थिए । तर अन्धकारले काममा बाधा पुगेको थियो ।

यस रुटबाट गुज्रिरहेका करिब ९२ अन्य ट्रेनहरू रेल दुर्घटनाबाट प्रभावित भएका छन् । नतिजा स्वरूप ४३ रेल सेवा रद्द गरियो। एकै समयमा ३८ रेलहरूको रूट डाइभर्सन गरिएको थियो । जबकि ९ रेलहरु बन्द गरिएको छ। 
 

क्षतिपूर्तिको घोषणा
यससँगै रेल मन्त्री अश्विनी वैष्णवले ओडिशामा भएको रेल दुर्घटनामा क्षतिपूर्ति दिने घोषणा गरेका छन् । वैष्णवले ट्वीट गर्दै भनेका छन, ‘ओडिशामा भएको यो दुर्भाग्यपूर्ण रेल दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिको परिवारलाई १० लाख रुपैयाँ, गम्भीर घाइतेलाई २ लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिइनेछ।’

यससँगै प्रधानमन्त्री मोदीले पनि मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५०–५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

ओडिशामा राज्य शोकको घोषणा

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन्। रेल दुर्घटनाको विषयमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी आज ओडिशाको भ्रमण गर्न लागेकी छन् । 

रेलवेको खड़गपुर डिभिजनका डीआरएमका अनुसार रेल दुर्घटनापछि कम्तिमा १३ वटा ट्रेन या त डाइभर्ट गरिएको छ वा रद्द गरिएको छ।

मुम्बई–गोवा एक्सप्रेसको उद्घाटन रद्द

शनिबार बिहानको लागि तय गरिएको मुम्बई–गोवा वन्दे भारत एक्सप्रेसको उद्घाटन समारोह ओडिशामा रेल दुर्घटनाका कारण रद्द गरिएको छ। 

प्रधानमन्त्री मोदीले यो ट्रेनलाई झण्डा हल्याएर उदघाटन गर्दै थिए । 

कार्यक्रम आज बिहान साढे १० बजेका लागि तय भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ