arrow

कांग्रेस नेतृत्वमाथि प्रकाशमानको प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २० शनिबार
prakashman-singh-2080-02-20.jpg

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको टिप्पणी गरेका छन् । आज पार्टीको ललितपुर जिल्ला कार्यसमितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको बताएका हुन् ।

नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरूबीच समन्वयको आवश्यकता देखिएको पनि बताएका छन् । जनताको इच्छा, आकांक्षाबमोजिमा समयलाई बुझेर पार्टीलाई अघि बढाउनुको विकल्प नरहेको उनले बताए ।

पार्टीलाई संस्थागतरुपमा अघि बढाउनसके अरु कुनै राजनीतिक दलले चुनौति दिन नसक्ने उनको भनाइ छ ।

कांग्रेसले आगामी दिनमा आउने चुनौतीहरु सशक्त रुपमा ट्याकल गर्छ भन्ने इमेज दिनुपर्नेसमेत उनले बताए। नेता सिंहले पार्टीभित्र एकले अर्कोलाई दोषारोपण नगरी र हिलो नछ्यापी काम गर्न पर्ने बताए ।

उनले सभापति शेरबहादुर देउवामाथि यसको अपजश थोपरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ