- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारका लागि धेरैले दाबी शुरु गरेका छन् ।
यसै क्रममा पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि रिपब्लिकन पार्टीको पक्षबाट राष्ट्रपतिको उम्मेदवारीका लागि दाबी प्रस्तुत गरेका छन् ।
पेन्सले मनोनयनका लागि कागजी कार्य पूरा गरेका हुन् । पेन्सको दाबीले रिपब्लिकन पार्टी भित्रका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अगाडि अर्को चुनौती खडा गरेको छ।
अब ट्रम्पसँग उनको प्रत्यक्ष भिडन्त हुन सक्ने देखिएको छ ।
मिडिया रिपोर्टका अनुसार पेन्सले बुधबार औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेर आफ्नो अभियान शुरु गर्ने तयारी गरेका छन् ।
माइक पेन्सले पूर्व राष्ट्रपति ट्रम्पसँग उपराष्ट्रपतिको रूपमा काम गरेका छन् र उनी ट्रम्पका कट्टर समर्थक थिए । अब अमेरिकाको सबैभन्दा पुरानो पार्टीमा ट्रम्पलाई चुनौती दिन उनी अगाडि आएका छन् ।