arrow

बोटे समुदायसँग काँग्रेस नेता चन्द्र भण्डारीले यसरी मनाए दशैं

logo
प्रकाशित २०७३ असोज २६ बुधबार
chandra-bhandari-dashain-majhi-basti.jpeg
गुल्मी। अधिकांश नेपालीले देशविदेशमा मनाउने दशैंलाई मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नमनाएर बहुसंख्यक नेपालीको भावनाको अपमान गरेको आरोप लागिरहेका बेला काँग्रेस नेता चन्द्र भण्डारीले भने गुल्मी बलिथुम गाबिसको बोटे बस्तीमा दशैं मनाएका छन् । बोटे समुदाय पनि आफ्ना नेतासँग दशैं मान्न पाउँदा खुसी देखिएका छन्। दशैं मनाउन भण्डारी सहयोगी कार्यकर्ताहरुका साथमा बोटे गाउँ पुग्दा त्यहाँ थप रौनकतता थपिएको थियो ।
 
बडादशैको टिकोको दिन उनले बोटे समुदायका झण्डै ६ सय जनासँग दशै मनाउका थिए । कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर दुईका सभासद समेत रहेका भण्डारीले उनीहरुको इच्छा अनुसारको खानपिन गराउनु भएको थियो सवैलाई दक्षीणा र बालबालिकालाई शैक्षिक सामग्रीहरु प्रदान गरेका थिए। 
 
“बच्चाहरुको विशेष ब्यबस्थाका लागि बिद्यालयहरुलाई २० हजार रुपैया रकम प्रदान गर्न पाउदा धेरै खुशी लागेको छ । दशैं टीका कार्यक्रममा उपस्थित हुनु भएका स्थानीय बोटे माझी समुदाय सहित अन्य विभिन्न जातजातिका आमावुवा, दिदीवहिनी र दाजुभाईहरुको मुहारमा देखिएको खुशीयालीले मलाई निकै सन्तोष र आनन्द लागेको छ,” भण्डारीले बताए । 
 
भण्डारीले कुनैपनि राजनितिक नेताले हरेक दृष्टीकोणबाट गाँउ, समाज र आमनागरिकलाई अविभावकत्व महशुस गराउनु पर्ने भएकाले आफु वोटे बस्तीमा अविभावकत्व प्रदान गर्न गएको बताए । विपन्न परिवारको घरमा महान् चाड दशैको खुशी थपेर नयाँ संस्कृतिको सुरुवात गर्ने सानो प्रयास मात्रै गरेको नेता भण्डारीको भनाई छ । उनले राजनितिक नेतृत्व पारिवारीक घेरा भन्दा माथी उठ्नु पर्ने बताए । 
 
गुल्मीको हुँगा गाविसका स्थायी बासिन्दा भण्डारीले संविधान सभाको दोस्रो निर्वाचनमा विजयी भएदेखि नै झण्डै एक दर्जन विद्यालयलाई प्रति विद्यालय बार्षिक २० हजार रुपैया बराबरको शैक्षिक सामग्री र २० हजार रुपैया नगद दिने गरेका छन् । 
 
त्यसैगरी जिल्लाका १५ जना विद्यार्थीलाई शैक्षिक शुल्क, व्यक्तिगत खर्च रकम गरी प्रत्येकलाई बार्षिक रुपमा झण्डै तीस हजारको दरले सहयोग प्रदान गर्दै आएका छन् ।  काठमाडौंमा पाँच जनालाई आवासिय सुविधा सहितको निःशुल्क पढाईको व्यवस्था, काठमाडौमै झण्डै २० जनाको शैक्षिक शुल्क तिरिदिने व्यवस्था र अछाम तथा रामेछापका तीन बच्चालाई आर्थिक सहयोग गर्नेगरेको भण्डारीले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ