arrow

मध्य आकाशमा इन्जिन बिग्रिएपछि अमेरिका उडेको विमान रुसतर्फ लाग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
Air-India.jpeg

भारत । मध्य आकाशमा इन्जिन बिग्रिएपछि अमेरिका उडेको विमान रुसतर्फ लागेको छ । एयर इन्डियाको विमान मध्य आकाशमा यान्त्रिक समस्या भएपछि रुसतर्फ लागेको हो । 

राजधानी नयाँ दिल्लीबाट क्यालिफोर्नियाको सानफ्रान्सिस्कोका निम्ति चालक दलका १६ जना सदस्य र दुई सय १६ जना यात्री बोकेर विमान उडेको थियो । 

निर्धारित समयमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्गलबार सानफ्रान्सिस्कोतर्फ उडेको विमानको एउटा इन्जिनमा प्राविधिक खराबी उत्पन्न भएपछि रुसको मगदान विमानस्थलमा सुरक्षित अवतरण भएको एयर इन्डियाले एक विज्ञप्ति निकालेर जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ