- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
युक्रेन । युक्रेनी हमलाले रुसी नियन्त्रित क्षेत्रको बाँध ध्वस्त भएपछि बाढी आएको खेर्सन क्षेत्रका खाली स्थानमा दुई जनाको मृत्यु भएको रुसले बताएको छ । सो ठूलो बाँध भत्किएपछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
"कीभका लडाकुहरूले जघन्य अपराध गरेका छन्। उनीहरूले गोला प्रिस्तानको नागरिक निकासी बिन्दुमा गोली हानेका छन्। सो घटनामा ३३ वर्षीया गर्भवती महिला सहित दुई जनाको मृत्यु भएको छ।
दुई जना घाइते भएका छन्," खेरसनका व्लादिमिर साल्डोले टेलिग्राममा उल्लेख गरेका छन्
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नोभा काखोभकामा बाँध भत्किएपछि ८० शहर र गाउँहरू बाढीले डुबानमा पर्न सक्ने बताएका छन् । सो बाँध भत्किनुमा उनले रुसलाई दोष दिएका छन् ।
नोभा काखोवका बाँध युक्रेनको सबैभन्दा ठूलो बाँध मध्ये एक हो, यो हाल रूसको नियन्त्रणमा छ।