arrow

पोल्याण्ड-क्यानडा मोह: नक्कली भिसा र टिकट देखाएर अंकित लाखौँ कुम्ल्याएर गायब

logo
नारायण वली,
प्रकाशित २०८० जेठ २७ शनिबार
ankit-adhikari-2080-02-27.jpg

रुपन्देही । दाङको तुलसीपुर उपमहानगरपालिका-१५ का गगन कार्कीले धन कमाउनका लागि आफ्नो छोरालाई क्यानडा पठाउने तयारीमा जुटे । छोरालाई युरोप देशमा पठाएर अनेकौं अपेक्षा राख्दै त्यहाँ पठाउने एजेन्टको खोजीमा लागे र तुलसीपुर उपमहानगरपालिका-७ का अंकित अधिकारीलाई भेटे र प्रक्रिया अगाडि बढाए । 

तर पछिल्लोसमय सोही एजेन्ट अधिकारीले भिसा र टिकट आइसक्यो, तयारी अवस्थामा बस यही जेठ १६ गते उडान हुने भएको छ भनेर खवर गर्दै कार्कीसँग १७ लाख रुपैयाँ बुझे । 

सोही उपमहानगरपालिका-२ खैरीपुरका गंगाबहादुर डाँगीले पनि गत जेठ १६ गते क्यानडा जाने भन्दै १५ गते घरबाट बिदा भएर काठमाडौ‌ हिँडे । अर्का रोहित केसी पनि क्यानडा जानका लागि विभिन्न समयमा गरी २७ लाख रुपैयाँ बुझाए ।

उनी पनि एजेन्टले दिएको मितिमा क्यानडा उडानको लागि काठमाडौं हानिए । मिठा सपना र योजना बुनेर काठमाडौं गएका युवाहरु उडान हुने दिन र जानकारी गराइएको समयसम्ममा पनि कागजपत्र नपाएपछि आफूहरु ठगिएको शंका गरे ।

एजेन्ट अधिकारीले नक्कली टिकट र भिसा देखाएर आफूहरुबाट पैसा असुलेको घरबाट साइत गरेर काठमाडौं गएपछि मात्रै ठगिएको थाहा पाए । उनी भन्छन्, "विभिन्न मितिमा गरि मैले एजेन्ट अधिकारीलाई २५ लाख बुझाएको छु । यसरी हामीलाई विदेश पठाउँछु भनेर ऋण काढेर बुझाएको पैसा डुबेपछि न्यायका लागि यतिबेला प्रहरी कहाँ गएको र कारबाहीका लागि अपिल गरेका छौं ।"

क्यानडा र पोल्याण्ड पठाउने भनि विभिन्न ब्यक्तिहरुबाट लाखौँ पैसा असुल गरेर अंकित अधिकारी फरार भएपछि पीडितहरु चिन्तित बनेका छन्।

दाङका विभिन्न ब्यक्तिहरुलाई क्यानडा र पोल्याण्ड पठाउने भनेर नक्कली भिसा र टिकट देखाएर उनीले एक लाखदेखि २७ लाख रुपैयाँसम्म असुलेर भागेपछि पीडितहरुको स्थिति गम्भीर बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ