arrow

कांग्रेस सधै बैशाखी टेक्ने होइन, टेको बिना खडा हुने पार्टी बनाउनु छ – अजयबाबु शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
ajayababu-shiwakoti-2080-02-28.jpg
तस्बिर – फाइल ।

दोलखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले साढे चार वर्षपछि हुने चुनावलाई लिएर किन पार्टी अहिलेदेखि नै रक्षात्मक बनेको भनी प्रश्न गरेका छन् ।  

नेपाली कांग्रेस दोलखाको प्रथम जिल्ला सम्मेलनलाई आइतबार सम्बोधन गर्र्दै शिवाकोटीले नेतृत्वलाई प्रश्न गर्दै भने, ‘४ वर्ष र साढे ४ वर्षपछिको चुनावलाई लिएर कांग्रेस अहिलेदेखि नै रक्षात्मक किन छ ?तीनै तहका गतिविधिसँग नेता कार्यकर्ता किन निराश छन् ? के भएको छ  कांग्रेसलाई ?’ 

शिवाकोटीले यो प्रश्नको उत्तर स्वयं कांग्रेस नेतृत्वसँग पनि नभएको भन्दै यो निराशाको चिरफार गर्ने हैसियत ‘तपाईहरुसँगै छ’ भनी गम्भीर बन्न सबैलाई आग्रह गरे । 

उनले कांग्रेस सधै बैशाखी टेक्ने होइन, टेको बिना खडा हुने पार्टी बनाउनुछ भने । 

उनले आफूले धेरै जिल्लामा पुगेर छलफल गर्दा टिकट वितरण अब सच्चिनुपर्छ भन्ने निचोडमा पुगेको बताउँदै भने, ‘कांग्रेस सूर्यमुखी फूल जस्तो सबैकुराको लागि मास्तिर फर्केर मुख ताक्ने होइन लज्जावती फूल जस्तो तलतिर फर्केर निर्णय लिन सक्नुपर्छ ।’

नेता शिवाकोटीले ‘संघ, प्रदेश, स्थानीय सबैतिर जितेका छौं। हामी खुशी हुनुपर्ने हो, विजयको गाथा गाइएको हुनुपर्ने हो, तर के अवस्था त्यस्तै छ त ?’ भनी प्रश्न गरे । 

उनले दोलखा कांग्रेसलाई नविनतम र उर्जाशील बनाउन सम्मेलन सफल रहोस् भनी कामनासमेत गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ