arrow

रहेनन् इटालीका ‘किंगमेकर’ बर्लुस्कोनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
silvio-berlusconi-italy.jpg

रोम  । इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । बर्लुस्कोनी चार पटक इटालीको प्रधानमन्त्री भइसकेका थिए, जो केही समयदेखि बिरामी थिए। बर्लुस्कोनी विगत ६ सातादेखि मिलानको एक अस्पतालमा उपचाररत थिए ।

उनी सन् १९९४ मा पहिलो पटक इटालीको प्रधानमन्त्री बनेका थिए भने त्यसपछि सन् २००१ देखि २००६ सम्म इटालीको प्रधानमन्त्री थिए । 
 सन् २००८ मा पुनः सत्तामा फर्किए तर ऋण संकटका कारण २०११ मा राजीनामा दिनुपर्यो र उनी राजनीतिबाट पनि टाढा भए । तर २०१७ मा उनी फेरि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । 

सन् १९३६ मा इटालीको मिलानमा जन्मेका सिल्भियो बर्लुस्कोनी इटालीको सबैभन्दा ठूलो व्यवसायिक प्रसारणकर्ता मिडियासेटका मालिकसमेत थिए । उनी चर्चित फुटबल क्लब एसी मिलानका मालिकसमेत रहेका थिए । 

हाल, उनको पार्टी फोर्जा इटालिया इटालियन सरकारमा सहयोगी छ। इटालियन राजनीतिमा, सिल्भियो बर्लुस्कोनीलाई किंगमेकर मानिन्थ्यो र आफ्नो राजनीतिक करियरको उचाइमा, उनी इटालीको शक्तिको केन्द्रमा थिए।

इटालीका किंग मेकर मानिने बर्लुस्कोनी सन २०१२ मा कर छलीको आरोपमा फसेका थिए भने सन् २०१३ मा भने सेक्स स्क्यान्डलको गम्भीर आरोप लागेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ