arrow

अनिश्चितता बढ्दै लेबनानमा, १२ औं पटकमा पनि नयाँ राष्ट्रपति चयन गर्न असफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
lebanon-berut.jpg

बेरुत । लेबनानको संसदको १२ औँ अधिवेशनमा बुधबार नयाँ राष्ट्रपति चयन गर्न असफल भएपछि देश थप राजनीतिक अनिश्चिततामा फसेको छ ।

राष्ट्रपति पदको दौडमा दुई शिया पार्टी हिजबुल्लाह र अमाल मुभमेन्टको समर्थन प्राप्त मरादा आन्दोलनका नेता स्लिमन फ्रान्गिहले आफ्ना मुख्य प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री जिहाद अजौरलाई पछि पारेका छन् । 

उनलाई देशका दुई ठूला क्रिश्चियन पार्टीहरु फ्री प्याट्रियटिक मुभमेन्ट र लेबनानी सेनाको समर्थन प्राप्त थियो ।  निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी जिहाद अजौरको ५९ मत आएको छ भने उनका प्रमुख प्रतिद्वन्द्वी फ्रान्गिहको ५१ मत आएको छ ।

पहिलो मतदानमा दुवैले दुई तिहाइ बहुमत वा कुल ८६ मत प्राप्त गरेका थिएनन् भने त्यसपछि लामो समयसम्म गणपूरक सङ्ख्या नपुगेका कारण दोस्रो चरणको मतदान हुन सकेको थिएन ।   

सन् २०२२ को अक्टोबरमा लेबनानका पूर्वराष्ट्रपति मिचेल ओउनको कार्यकाल सकिएपछि लेबनानले राष्ट्रपति चयन गर्न सकेको थिएन ।  

लेबनान अभूतपूर्व आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । देशलाई राष्ट्रपतिको चयन गर्न, आवश्यक सुधारहरू कार्यान्वयन गर्न र देशलाई पुनरुत्थानको मार्गमा राख्नको लागि एक नयाँ क्याबिनेट गठन गर्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ