arrow

सत्याग्रहमा बस्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
supreme-court-of-nepal_1617805496.jpeg

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का नेता रामकुमार शर्माले सर्वोच्च अदालतबाट नागरिकता विधेयकसम्बन्धी आदेश अविलम्ब नआए सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् । 

बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरी नेता शर्माले नागरिकता प्रदान गर्ने आदेश अविलम्ब नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिए । 

नागरिकतासम्बन्धी आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौँ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्ब नागरिकता प्रदान गर्ने फैसला आउनुपर्ने शर्माले माग गरे ।

नेपालको संविधान, २०७२ जारी भएको करिब आठ वर्ष भइसकेको र संविधान जारी भएको मितिले तीन वर्षभित्र सङ्घीय संसद्बाट कानून बनाएर पूर्णरूपमा कार्यान्वयन गरिने भनिए पनि राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने शर्माले बताए ।

नागरिकता विधेयक सङ्घीय संसद्बाट पारित भएर राजपत्रमा प्रकाशित भइसक्दासमेत अनेक बहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आइरहेको शर्माले आरोप लगाए । 

उनले भने, “संविधानबमोजिम नागरिकता पाउनयोग्य १० लाखभन्दा बढी नेपाली युवाको पीडालाई आत्मसात् गर्दै जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण भयो र गृह मन्त्रालयले तत्काल राजपत्रमा प्रकाशित ग¥र्यो । षड्यन्त्रपूर्वक नागरिकता विधेयक असफल बनाउनकै लागि षड्यन्त्र सुरु भएको छ ।” उहाँले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ