arrow

बैरागीलाई सम्मानै सम्मानः मुख्यसचिव छोडेकै दिन सुरक्षा परिषद्को सल्लाहकार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
shankardas-bairagi-oath-national-security-council-advisor.jpg

काठमाडौँ । नेपाल सरकारको मुख्यसचिव पदबाट राजीनामा दिएका शंकरदास बैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गर्दै तत्काल बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षाा परिषद्को मन्त्रीस्तरीय सल्लाहकारमा नियुक्त गरेको हो । 

‘आज दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ,’ परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘पहिलो बैठकले शंकरदास बैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । साथै दोस्रोपटक बसेको बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षाा परिषद्को मन्त्रीस्तरीय सल्लाहकारमा नियुक्त निर्णय गरेको छ ।’

त्योसँगै बैरागीले बिहीबारै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ खुवाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ