arrow

अमेरिकी संसद भवनमा हिन्दू वैदिक मन्त्र वाचन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
usa-parliament-hundu-chanting.jpg

वासिंगट डीसी । अमेरिकाको पहिलो हिन्दू–अमेरिकी सम्मेलन अमेरिकाको शक्तिको केन्द्र अमेरिकाको क्यापिटल हिलमा भएको छ । सम्मेलनको उद्धेश्य अमेरिकामा बसोबास गर्ने हिन्दू समुदायका समस्याप्रति अमेरिकी कानून निर्माताहरूको ध्यानाकर्षण गराउने हो। यो सम्मेलनलाई हिन्दूहरूको लागि अमेरिकी नाम दिइएको हो ।

प्राप्त जानकारी अनुसार वैदिक जप र प्रार्थनाको साथ अधिवेशन शुरु भएको थियो । यस क्रममा रोमेश जापराले भने, ‘हिन्दू मूल्य मान्यता हाम्रो अमेरिकी संविधानसँग पूर्णरुपमा जोडिएको छ भगवद् गीतासँग प्रतिध्वनित भएको छ, त्यसैले हामी हिन्दू अमेरिकीहरूलाई आवाज दिन समर्पित छौं ।’

यस हिन्दू सम्मेलनका संस्थापक तथा अध्यक्ष रोमेश जापराले यो सम्मेलन पहिलो पटक भएको बताए । राजनीतिक सहभागिताका लागि हिन्दू अमेरिकी सम्मेलन आयोजना भएको उनको भनाइ छ । ‘हाम्रो समुदाय सांस्कृतिक, सामाजिक, आर्थिक, धार्मिक र अन्य सबै क्षेत्रमा सक्रिय छ तर राजनीतिमा हामी धेरै पछाडि छौँ,’ उनले भने । 

हिन्दूहरूको लागि अमेरिकन सम्मेलन २० अन्य डायस्पोराहरूसँगै अमेरिकन फर हिन्दू राजनीतिक कार्यसमितिले आयोजना गरेको हो । 

यस सम्मेलनमा फ्लोरिडा, न्यूयोर्क, बोस्टन, टेक्सास, शिकागो, क्यालिफोर्निया आदि शहरहरूका लगभग १३० भारतीय अमेरिकी नेताहरू सहभागी हुनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ