arrow

बस र ट्रक ठोक्किँदा पन्ध्रको मृत्यु, दश घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
accident-final-1618290232.jpg
तस्बिर – फाइल ।

ओटावा । क्यानडाको मनिटोबास्थित कारबेरी शहर नजिकै बिहीबार सेमी ट्रेलर ट्रक र ज्येष्ठ नागरिकले भरिएको बस एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 

मनिटोबाका सुरक्षा सहायक आयुक्त रोब हिलले दुर्घटनाबारे पत्रकारहरूलाई जानकारी दिँदै बसमा सवार २५ जना ज्येष्ठ नागरिकमध्ये गम्भीर घाइेत भएका १० जनालाई तत्काल अस्पताल भर्ना गरिएको  बताए । दुर्घटनाग्रस्त बस पश्चिमी मनिटोबा शहर डाउफिनतर्फ गइरहेको थियो । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुर्घटनामा परी आफ्ना प्रियजन गुमाउनेहरुप्रति समवेदना प्रकट गरेका छन् । 

शोकको यो घडीमा सबै क्यानडेली नागरिक मृतकका परिवारका सदस्यसँगै रहेका उनले ट्वीटरमा उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ