arrow

रहेनन् पेन्टागन पेपर्स लिक गर्ने ड्यानियल एल्सबर्ग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २ शनिबार
daniel-elsberg-panama-papers-2023.jpg

वासिंङटन । पेन्टागनका पेपर्स लिक गर्ने ड्यानियल एल्सबर्गको क्यालिफोर्नियाको केन्सिङ्टनस्थित आफ्नै घरमा शुक्रबार निधन भएको छ । 

परिवारले एक विज्ञप्तिमा जारी गर्दै उनको मृत्युको पुष्टि गरेको हो । परिवारले दिएको जानकारी अनुसार ९२ वर्षे उनले शुक्रबार अन्तिम सास लिएका हुन् । 

उनले भियतनाम युद्धको बारेमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका कागजातहरू लिक गरेका थिए । ड्यानियलका छोरा रोबर्ट एल्सबर्गले ट्वीटरमा भनेका छन् कि, ‘मेरो प्यारो बुबा, डेनियल एल्सबर्गको आज बिहान, जुन १६ बिहान १ः२४ बजे प्यान्क्रियाटिक क्यान्सर पत्ता लागेको चार महिनापछि निधन भयो। उहाँले अन्तिम सास लिँदा उहाँको परिवार उहाँको साथमा थियो। उहाँले कुनै पीडा महसुस गर्नुभएन र घरमै शान्तिपूर्वक अन्तिम सास लिनुभयो ।’

गत फेब्रुअरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ